बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन्न भन्ने विरुद्द मुद्दा हाल्ने परिसंघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 12:59:29 PM मा प्रकाशित

laxmi sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्था विरोधी गतिविधि गर्ने व्यक्ति वा संस्थाविरुद्द मुद्दा दायर गर्ने गर्ने निर्णय गरेको छ । परिसंघको वैशाख १४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था विरोधी गतिविधि गर्ने व्यक्ति तथा संस्था विरुद्द कानुनी प्रक्रियामा जाने निर्णय गरेको हो 

परिसंघका अनुसार अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु-याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरूत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्धा चलाईने छ । साथै त्यस्ता गतिविधि गर्ने विरुद्द  प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने निर्णय परिसंघले गरेको छ 

बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्ध प्रतिबद्ध र दृढ संकल्पित रहेको परिसंघले प्रष्ट पारेको छ 

 बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरूबाट विगत केही समयदेखि निरन्तर प्रहार भईरहेको र गैरकानूनी गतिविधिहरू बढेकोले यस्तो निर्णय गरेको परिसंघले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved