उपायका ड्राइभरलाई इन्भेष्टमेन्ट मेगा बैंकले बैंकिङ सुविधा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 02:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रा.ली. बीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई बैंकिङ्गसहित बीमा लगायतका सुविधा प्रदान गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागी आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाण्ट योजना अन्तर्गत ड्राइभर पार्टनरहरुलाई सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता (७ लाखसम्म दुर्घटना मृत्यु बीमा, १५ हजार सम्मको औषधि उपचार सुविधा र ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

यो समझदारी अनुरुप नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धी, आधुनिक बैकिङ्ग सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखिकरण गर्दै जानेछ । जसले गर्दा सम्पुर्ण यातायात क्षेत्रमा नै वित्तिय साक्षरता तथा आधुनिक बैंकिङ्गको उपयोगिता थप सहजता हुने विश्वास लिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved