लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ? सीइओ को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 04:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । 

सञ्चालक समितिमा लक्ष्मीबाट तीन र सनराइजबाट तीन जना प्रतिनिधि रहने सहमति छ । सञ्चालक समितिमा सनराइज बैंक पक्षबाट मोतिलाल दुगड, मालचन्द दुगड र बच्छराज तातेड रहने छन् । लक्ष्मी बैंकबाट रमण नेपाल, स्वाति रुङ्गटा र मनिष थापा रहने छन् । 

एक जना स्वतन्त्र सञ्चालक लक्ष्मी पक्षले नियुक्त गर्ने सहमति भएको बताइन्छ । 

मर्जर पछिको एकिकृत कारोबारको मिति तय भएपछि हाल सनराइज बैंकका सीइओ सुमन शर्मा बाहिरिने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved