भिडियो कल गरेरै एनआईसीमा केवाईसी अपडेटदेखि यी ५ सुविधा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 04:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी अपडेट गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले भिडियो कलबाटै केवाईसी अपडेट, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो । 

अनलाईन खाता खोल्ने ग्राहकको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच सेवाहरू बैंकको वेबसाइटमा आफूले लिन चाहेको सेवा छनोट गरी अनुरोध पठाउन सकिनेछ । यसपछि बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।

एनआईसी एशिया बैंकले हाल ३५९ शाखा, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित काउण्टरबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved