
 2mb (1).gif)
माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
ग्राहकको पैसा हराएको गुनासो आएपछि बैंकले अनुसन्धान गरेको र अनुसन्धानका क्रममा सम्बन्धित ग्राहककै मोबाइल बैंकिङ्ग प्रयोग भई पैसा ‘ट्रान्सफर’ भएको पाइएको बैंकले जनाएको छ । सम्बन्धित ग्राहककै मोबाइल बैंकिङ्गबाट अन्य बैंकका खाताहरू तथा खल्ती वालेटमा रकम ट्रान्सफर भएको देखिएको बैंकले जनाएको छ ।
बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एस.एम.एस., एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक कै मोबाइलमा गएको देखिएको पनि बैंकले दाबी गरेको छ ।
बैंकले ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
बैंकले यसबारे प्रहरीलाई पनि जानकारी गराएर अनुसन्धान गर्न अनुरोध गरिएको जनाएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकको शाखाबाट रौतहटका वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको ९ लाख रुपैयाँ हराएको थियो ।