लक्ष्मीसँग मर्ज हुन लागेको सनराइज बैंकले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 09:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकसँग मर्ज हुन लागेको सनराइज बैंकले मर्जर साधारणसभा बोलाएको छ । साधारणसभा गर्न बाँकी रहेकाले सनराइज बैंकले नियमित साधारणसभाबाटै मर्जर प्रस्ताव पारित गर्न लागेको हो । 

बैंकले असार ३ गतेका लागि साधारणसभा आह्वान गरेको छ । 

लक्ष्मी बैंकले भने नियमित साधारणसभा गरिसकेकाले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाउनुपर्ने हुन्छ । 

लक्ष्मी र सनराइज बैंक बराबरी हैसियतमा गाभिने छन् ।

दुबै बैंकको सञ्चालक समितिले सोमबार मर्जको अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved