खाताबाट ९ लाख हराएको माछापुच्छ्रेको घटनामा 'नयाँ ट्वीस्ट', शङ्काको घेरामा पूर्व-वडाध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 11:47:49 AM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको चन्द्रपुर नगरपालिकास्थित माछापुच्छ्रे बैंकका ग्राहकको खाताबाट पैसा हराएको घटनाले नयाँ मोड लिएको छ। बैंकका कारण खाताबाट नौ लाख हराएको भनिएकोमा ग्राहक कै मोबाइल बैंकिङ र खल्ती एप्सबाट पहिचान खुल्ने अर्को बैंकका ग्राहकको खातामा पैसा ट्रान्सफर भएको भेटिएको हो। 

वृन्दावन नगरपालिका पूर्ववडाध्यक्ष रामेश्वर राय यादवको बैंक खाताबाट विहिबार, शुक्रबार र शनिबार प्रत्येक दिन ३ लाखका दरले पैसा ट्रान्सफर भएको थियो । विहिबार उनको मोबाइल बैंकिङमार्फत सानिमा बैंकको एक ग्राहकलाई एक लाख, सिटिजन्स बैंकका अर्का ग्राहकलाई एक लाख र खल्ती एप्सबाट अर्का एक ग्राहकलाई एक लाख ट्रान्सफर भएको देखिएको छ। यसैगरी मोबाइल बैंकिङको प्रयोगमार्फत शुक्रबार तीन लाख र शनिबार तीन लाख रुपैयाँ अरु बैंकको ग्राहकको खातामा ट्रान्सफर भएको छ।  

मोबाइल बैंकिङ र खल्ती एप्सबाट पैसा ट्रान्सफर हुँदा त्यसको ओटीपी कोड  यादवको आफ्नै मोबाइलको मेसेजमा आएको देखिएको छ। जसले गर्दा यादव आफैँले त्यो पैसा अरु कसैको खातामा ट्रान्सफर गरे वा यादवबाट त्यो ओटीपी कोड लिएर अरु कसैले आफू अनुकुलको खातामा ट्रान्सफर गर्यो वा यादवको मोबाइल कसैले नियन्त्रणमा लिएर सबै काम आफैँ गर्यो भन्नेमा आशङ्का उब्जिएको छ। 

आफूले पैसा कसैलाई पनि ट्रान्सफर नगरेको र पैसा ट्रान्सफर भएको कुरा आफूलाई थाहा नै नभएको यादवले दावी गर्दै आएका छन्। यादवले आफूले मोबाइल बैंकिङ नचलाउने प्रतिक्रिया दिए पनि यस अगाडि पनि उनकै मोबाइल बैंकिङ र खल्ती एप्सबाट पैसा ट्रान्सफर भएको भेटिएको छ। आफूले मोबाइल बैंकिङ नचलाउने दावी गरेकोमा उनकै मोबाइलबाट विगतमा पनि पैसा ट्रान्सफर भएको देखिएकाले पूर्ववडाध्यक्ष यादवमाथि नै शङ्का उब्जिएको छ।

यद्यपि माछापुच्छ्रे बैंकले ९ लाख ट्रान्सफर भएका अरु बैंकका ग्राहक र तिनको सम्पूर्ण विवरण पत्ता लगेर यसबारे थप छानबिन तथा अनुसन्धान गर्नलाई आज जेठ १० गते बुधबार नेपाल प्रहरीमा जाहेरी दिँदै छ। प्रहरीको अनुसन्धानमा सबै कुरा स्पष्ट भएर आउने विश्वास गरिएको छ। 

तत्काललाई भद्र सहमति 

जेठ ४ गते नेपाल बैंकको तिनवटा चेकमार्फत १२ लाख २० हजार रुपैयाँ जम्मा गरेको पैसा आइतबार जेठ ७ गते झिक्न जाँदा खाताबाट नौँ लाख हराएको भन्दै यादव आइतबार नै स्थानिय वासिन्दाहरु लिएर बैंक पुगेका थिए। आफू छोरीको विहेको तयारीमा रहेकाले आइतबार नै उक्त नौ लाख रुपैयाँ दिनलाई यादवले बैकलाई दबाब दिए। 

बैंकले कसको कारणले खाताबाट नौ लाख रुपैयाँ हरायो भन्ने निर्क्यौल नभइ पैसा दिन नमिल्ने जवाफ दिएपछि बढेको विवाद हिजो भद्र सहमतिमा टुङ्गिएको छ।  मङ्गलबार जेठ ९ गते प्रहरी, प्रशासन, स्थानीय राजनीतिक दललगायतका जिम्मेवार निकायका प्रतिनिधिलाई साक्षी राखेर बैंक र बैंकका ग्राहक यादवबीच सहमति भएको छ। 

जसअनुसार एक महिनाभित्र यस घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने र पैसा हराउनुमा बैंकको कमजोरी भए बैंकले रकम फिर्ता गर्ने तर ग्राहकको कमजोरी भेटिए बैंकले नवेहोर्ने गरी सहमति जुटेको छ।

विश्वासका लागि भन्दै एक महिनापछिको मिति राखेर बैंकले यादवको नाममा नौँ लाख रुपैयाँको चेक दिएको छ। यद्यपि उक्त चेक इलाका प्रहरी कार्यलयमा प्रहरीको रोहवरमा हुने माछापुछ्रे बैंकका चिफ अपरेटिङ अफिसर सुनिल खतिवडाले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved