सिटिजन्स बैंकले जर्मनीबाट पुर्नकर्जा र प्रावधिक सहयोग गरी ५७ करोड पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 03:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि जर्मनीबाट ४० लाख युरो पाउने भएको छ । यसका लागि जर्मनस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरलएण्ड सेमी अर्बन एरियाज एमएसएमई फाइनान्स फेज’ अन्तर्गत ३५ लाख युरो पुनरकर्जा र ५ लाख यूरो बराबरको प्रावधिक सहयोग पाउने भएको हो । 

जर्मनीको  के.एफ.डब्लू डेभलपमेण्ट बैंकले यस प्रोजेक्टका लागि नेपालमा संचालित बैंक तथा वित्तीय संस्थामध्येबाट सिटिजन्स बैंकलाई चयन गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत  के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा संचालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये दुई हजार ८८२ महिला व्यवसायीलाई सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।

बैंकले सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत सामूहिक जमानीको आधारमा हालसम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्गलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।

सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved