एनएमबि बैंकको महोत्तरी शाखामा पेस्तोल देखाएर लुटपाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 04:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको महोत्तरी शाखाबाट ३५ लाख लुटपाट भएको छ। हतियार सहित आएका चार जनाको अज्ञात समुहले बैंकको 'ट्रेलर' मा रहेको पैसा लुटपाट गरेर फरार भएको बैंकले जनाएको छ। 

आज बिहान करिब १२ तिर मास्क लगाएर हतियार सहित आएका चार व्यक्तिको अज्ञात समुहले 'ट्रेलर' मा रहेको कर्मचारीलाई बन्दुक देखाएर पैसा लुटपाट गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बिजपाटीलाई बताए। 

उनकाअनुसार महोत्तरीको स्थानीय प्रशासन तथा सुरक्षा निकायले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ। बन्दुक देखाएर पैसा लुटपाट गर्नेहरु सिसि क्यामेरामा कैद भएकाले उनीहरु आजै समातिन सकिने जिल्ला प्रहरी कार्यलय महत्तोरीले जनाएको छ। 

यता जिल्ला प्रहरी कार्यलय महोत्तरीका एसपी प्रकाश मल्लले दिउँसो १२ २५ बजेको समयमा चार जना हतियारधारी समूहले पेस्तोल देखाएर बैंकबाट ३५ लाख बढी रकम लुटेर दुई वटा मोटरसाईकल चढी फरार भएको बताएका छन्। 

उनकाअनुसार ती लुटेराहरुको खोजतलास जारी रहेको छ।  यद्दपि मोटरसाइकलको नम्बर पहिचान भएको छैन। महोत्तरी गाउँपालिका वडा नं. २ को  महोत्तरी बजारमा रहेको शाखाबाट दिनदहाडै बैंकको शाखाबाट पैसा लुटिएको घटनाले सुरक्षाको अवस्थालाई इंकित गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved