नेपालमा छुट्टै बैंकिङ कोर्स बनाउन अमेरिकाको वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 06:22:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन,एजुकेशन एण्ड रिसर्च (आइएसिईआर)ले बैंकिङ बिषयको पढाईमा बिशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘ईन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरुसँग अन्र्तकृया गरेको हो । कार्यक्रममा बैंकिङ बिषयको अध्यापनमा बोलीचाली,लेखनसीप,अन्तराष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्ने बिषयमा छलफल भएको थियो ।  

कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी बिषयको महत्ववारे प्रस्तुती दिएकी थिइन् । उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताईन । ‘भाषा व्याकरण र शव्दभण्डार मात्र होइन । भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आँउछ । अन्तराष्ट्रिय सम्पर्क माध्ययमको रुपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुमुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाई थियो ।

कार्यक्रममा प्राध्यापकहरु डा. शितल ग्रीन दाहालले बैंकिङ कारोवार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा आइएसआरका प्रमुख कृष्णप्रसाद निरौला,एडिवी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागीता रहेको थियो । 

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए । अधिकारीका अनुसार पोखरा विश्वविधालयबाट सम्बन्धन प्राप्त आइएसिईआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने बिषयमा छलफल गरिरहेको छ । बैंकिङ बिषयको अंग्रेजी बिषयको बिशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएकोे आइएसिईआरको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved