सिद्धार्थ बैंकले रोप्यो ५८१ वटा बोटबिरुवाहरु, आज 'नो प्रिन्ट डे'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 09:31:46 PM मा प्रकाशित

laxmi sunrise bank

सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनस्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथ(साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम समेत आयोजना गरिएको छ । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ  ।

बैंकले वातावरण संरक्षणका निम्ति “से नो टु प्लास्टिक” नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक  टिकटक पेजमा “बिट प्लास्टिक पोलुसन” विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता पनि सम्पन्न गरेको उल्लेख गरेको छ । बैंकका अनुसार यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनस्प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरिएको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई “नो प्रिन्ट डे” पनि घोषणा गरेको उल्लेख गरेको छ।

बैंकले १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved