ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 11:00:48 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । संघको आज बिहान बसेको कार्यसमितिको बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजपाटीलाई जानकारी दिए ।

त्यस्तै आजको बैठकले आर्थिक ऐन २०८० को बुँदा नम्बर २६ र २७ को व्यवस्थाबारे सरोकारवालाहरुसंग बृहत छलफल गर्ने निर्णय गरेको छ । यस व्यवस्थाले असर पार्ने सबै सरोकारवालाहरुसंग छलफल गर्ने, सबै एकसाथ मिलेर अगाडी बढ्ने र यी व्यवस्थाको प्रतिवाद गर्ने निर्णय संघले गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको बुँदा नं. २६ मा “फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था”, र बुँदा नं. २७ मा “मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved