उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच वढाउन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 05:17:49 PM मा प्रकाशित

laxmi sunrise bank

 नेपाल बैंकर्स संघ तथा युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेशबीच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेशका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच वढाउन विभिन्न विषयहरुमा संवाद संचालन गर्नुका साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल गरी उनीहरुको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको संघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको बिच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोवार संग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो ।

त्यसैगरी युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेश परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबर्द्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रवाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved