नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 09:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् ।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । 

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved