शेयर कारोबार गर्नेलाई लक्षित गरेर सानिमा बैंकले ल्यायो ' ५ ईन १' खाता सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 06:46:34 PM मा प्रकाशित

सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा '5 in 1' खाता सेवा सार्वजनिक गरेको छ । यो सानिमा 3 in 1 खाताको परिष्कृत सेवा रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने छन्।  सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेवसाइटमा उपलब्ध 5 in 1 अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्ने शेयर ट्रेडिङ खाता सहजै खोल्न सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको उल्लेख गरेको छ। सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved