सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेड बिच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ।
यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्ने बनले उल्लेख गरेको छ।
सम्झौता कार्यक्रममा बैंकका मास बैकिंङ्ग अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने बताए । दराजका प्रमुख संचालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने बताए ।
बैंकले १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।