आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकका संचालकहरुले २ करोड बढी तलव भत्ता बुझेका छन् । राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा संचालकहरुको तलव भत्तामा २ करोड ५ लाख ८२ हजार १ सय २६ रुपैयाँ खर्च गरेको हो।
यसमा संचालकहरुको तलव, बैठक भत्ता र अन्य भत्ता तथा सुविधा समावेश छ । राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर, अर्थ सचिव र नेपाल सरकारले तोकेका सदस्यहरु संचालक हुने व्यवस्था छ । अर्थ सचिव परिवर्तन भईरहेने हुँदा गत वर्ष ४ जना अर्थ सचिवले भत्ता बुझेका छन् । गभर्नर, र डेपुटी गभर्नरले राष्ट्र बैंकका उच्च तहको कर्मचारीको हैसियतमा तलव पनि बुझ्ने गर्छन् ।
गत वर्ष गभर्नर महाप्रसाद अधिकारीले सबैभन्दा धेरै तलव भत्ता बुझेका छन् । उनले १६ लाख ३२ हजार तलव, ४ लाख १४ हजार बैठक भत्ता र अन्य भत्ता अन्तर्गत ४० लाख ४५ हजार गरि कुल ६० लाख ५१ हजार बुझेका छन् । त्यस्तै डेपुटी गभर्नर निलम ढुंगानाले ५७ लाख २ हजार र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले ५३ लाख भत्ता बुझेका छन् ।
हेर्नुस् कुन संचालकले कति लिए तलव , भत्ता र सेवा सुविधा ?