हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर खरिद गर्दै हिमालयन रि इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 02:24:29 PM मा प्रकाशित

हिमालयन बैंकको संस्थापक शेयर हिमालयन रि-इन्स्योरेन्स कम्पनीले किन्ने भएको छ । हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको शेयर किन्न लागेको हो । 

उक्त शेयर किनबेचका सम्बन्धमा हिमालयन रि इन्स्योरेन्स र हबिब बैंकबीच सम्झौता भइसकेको छ । बैंकको सञ्चालक समितिले हबिबको स्वामित्वमा रहेको संस्थापक शेयर हिमालयन रिलाई बिक्री गर्ने सम्बन्धमा सहमति प्रदान गरिसकेको छ । 

सिभिललाई प्राप्ती गर्नुपूर्व हिमालयन बैंकमा हबिब बैंकको शेयर स्वामित्व २० प्रतिशत रहेको थियो । सिभिललाई प्राप्ती गरेपछि हबिबको शेयर स्वामित्व करिब १२ प्रतिशतमा झरेको छ । स्रोतका अनुसार हिमालयन रिले उक्त शेयर स्वामित्व प्रति कित्ता शेयर मुल्य १३० रुपैयाँमा किन्न लागेको बताईन्छ । 

शेयर खरिदबिक्री सम्बन्धी अनुमतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको बैंकका सिइओ अशोक शमशेर राणाले जानकारी दिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved