प्रभु बैंकमा प्रभु ग्रुपको भन्दा बढी शेयर एशियन लाईफको, यी हुन् ठूला शेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2024 | 08:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकमा ०.५ वा सोभन्दा बढी लगानी गर्ने लगानीकर्ताको संख्या १२ रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी लगानी गर्ने ६ जना व्यक्ति र ६ वटा संस्था रहेको छ । 

जसमध्ये सबैभन्दा धेरै शेयर स्वामित्व एशियन लाईफ ईन्स्योरेन्सको रहेको छ । एशियन लाईफको प्रभु बैंकमा ८० लाख ३७ हजार ९२२ कित्ता शेयर रहेको छ । एशियन लाईफको शेयर हिस्सा ३.४१ प्रतिशत रहेको छ । 

यसैगरी, गौरभ अग्रवालको २.७१, कर्मचारी संचय कोषको २.५३, प्रभु ग्रुपको १.२१, सुदिप आचार्यको ०.६०, शिभ कुमार श्रेष्ठ र मिजस भट्टचनको समान ०.५८, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान ०.५७ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यसैगरी, नेपाल ईन्भेष्टमेन्टको ०.५२, शिभम् शिमेन्टको ०.५१ र सन नेपाल लाईफ ईन्स्योरेन्सको ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved