जेठको लागि १० वाणिज्य बैंकले घटाए ब्याजदर, ३ वटाले बढाउँदा ६ को स्थिर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 09:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले २०८१ जेठ महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १० वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। जस मध्ये एभरेष्ट र नबिल बैंकले सर्वाधिक ०.५ बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएका छन् 

व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक रहेका छन्  । व्यक्तिगत निक्षेपको ब्याज घटाउने यी बैंक मध्ये कुमारी बैंक बाहेक सबैले संस्थागत निक्षेपको ब्याज पनि घटाएका छन्  । कुमारीले भने संस्थागत निक्षेपको ब्याज स्थिर राखेको छ । 

हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक , र माछापुच्छ्रे बैंकले भने संस्थागत र व्यक्तिगत दुवै तर्फको निक्षेपको ब्याज स्थिर राखेका छन्  

ग्लोबल आईएमई बैंक, र प्रभु बैंक र एनआईसी एशिया बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । यी मध्ये प्रभु बैंकले संस्थागत तर्फको निक्षेपको ब्याज स्थिर राखेको छ । 

हेर्नुस् कुन बैंकको ब्याजदर कति ? 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved