ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी यूरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।यो वर्ष ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकसहित विभिन्न देशका बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित बनाएको कम्पनीले बताएको छ ।
बैंकको ३५४ वटा शाखा कार्यालय, ३७९ वटा एटीएम, २७७ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र छन् ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यो बैैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।