साविक सनराइज बैंकले जारी गरेको ५ वर्षे अवधिको डिबेन्चर परिपक्व भएसँगै साँवा ब्याज भुक्तानी गर्न शुरु गरेको छ ।
कम्पनीले प्रतिकित्ता १ हजार रूपैयाँको १० लाख कित्ता डिबेन्चर जारी गरेको थियो ।
“१०प्रतिशत सनराइज डिबेन्चर २०८०” नामको डिबेन्चर बैशाख ३१ गतेपछि परिपक्व भएसँगै जेठ १ गतेदेखि सम्बन्धित लगानीकर्ताको बैंक खातामा साँवा र ब्याज वातको रकम भुक्तानी गर्न शुरु गरिएको हो ।
बैंक खातामै साँवा र ब्याज वापत्को रकम जम्मा गरिने भएकाले हालसम्म बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।
डिबेन्चर परिपक्व भएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकरण समेत खारेज गरिएको छ ।