बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी मस्यौदा तयार, सुझाब दिन राष्ट्र बैंकले गर्‍यो आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 12:36:22 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली-२०८१ को मस्यौदा तयार गरेको छ।

रोक्का तथा फुकुवा गर्ने सम्बन्धि व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न मस्यौदा तयार गरिएको राष्ट्र बैंकले बताएको छ। 

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली- २०८१ को मस्यौदाअनुसार खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरि तीन भागमा विभाजन गरिएको छ। 

सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ भने निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोहि कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ।

त्यस्तै आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने मस्यौदामा उल्लेख गरिएको छ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्ने जनाइएको छ।त्यस्तै सम्बन्धित व्यक्ति वा संस्थाका अधिकारप्राप्त अधिकारीले निबेदन दिएको अवस्थामा खाता फुकुवा हुने व्यवस्था गरिएको छ। 

केन्द्रीय बैंकले यस मस्यौदाबारे आफ्नो राय सुझाब पेश गर्नलाई १५ दिनको अवधि दिएको छ। इच्छुकले जेठ १६ गतेसम्म लिखितरुपमा अथवा इमेलमार्फत राय सुझाव उपलब्ध गराउन सक्नेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved