नबिल बैंकको सीईओमा पुन : ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 11:54:07 AM मा प्रकाशित

laxmi sunrise bank

नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई पुन : नियुक्त गरेको छ  ।

कम्पनीको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि उनलाई सीईओमा पुन : नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए। 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी सीए र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना नेपाल बैंकर्स एशोसिएसनको अध्यक्षमा पनि भइसकेका छन्  ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved