
सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो ।
अस्पतालमा सुरक्षित खानेपानीको अभावले विरामी तथा स्वास्थ्यकर्मीहरुलाई असहजता भएकोले केहि हदसम्म सहजता होस भन्ने हेतुले कम्पनीले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको बताएको छ ।
यस कार्यबाट सेवाग्राहिहरुलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमि आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवरद्धन हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले उक्त कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति समय समयमा वभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कम्पनीले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले यसै आर्थिक वर्षमा थप सात वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना बनाएको छ ।