कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 03:54:13 PM मा प्रकाशित

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच सम्झौता भएको छ । 

बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० रुपैयाँको टप–अप जित्न सक्नेछन्। कम्पनीले यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने बताएको छ ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम १०० रुपैयाँको टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा दुई जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत इयरबर्डस जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसैगरी, कारोबार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त भर लागू हुनेछ ।

कम्पनीले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथ मार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved