लक्ष्मी सनराइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 05:49:47 PM मा प्रकाशित

laxmi sunrise bank

लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

विराटनगर महानगरपालिका-७ स्थित हनुमान दास रोडमा रहेका दुई वटा शाखामध्ये एउटा शाखा पाँच किलोमिटर उत्तरतर्फ सोही महानगरपालिका-३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको कम्पनीले बताएको छ ।

स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने छ। शाखा कार्यालय स्थानान्तरण भएसँगै कम्पनीले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने पनि बताएको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न कम्पनीले बिर्तामोडमा रहेका आफ्ना दुई वटा शाखा गाभेर साविक सनराइज बैंकको स्थान भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार शुरु गरेको छ ।

त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिमचोकमा रहेका दुई वटा शाखा पनि गाभिएर साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीले बताएको छ ।

हाल कम्पनीको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ्ग एजेन्ट छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved