सिटिजन्स बैंक र आईएनजीए सपिङ कमप्लेक्स बीच छूट दिने समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 06:54:09 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनल र रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कमप्लेक्स प्रालि बीच विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपछि कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूल आईएनजीए सपिङ कमप्लेक्समा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको  छ। 

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा विभिन्न सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले चालू आर्थिक वर्षमा थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना रहेको बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved