राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता आज,को- को छन् दावेदार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 09:20:23 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ‘सर्टलिस्ट’ भएका पाँच जनाको अन्तरवार्ता आज बुधबार हुँदैछ। सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल,  प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।यी मध्ये  देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् । 

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि बोलाइएको हो। उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनेछन्।

अन्तरवार्ताबाट उत्कृष्ट अंक प्राप्त गर्नेमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल उक्त बैंकमा सीईओ पद रिक्त छ ।

यसरी नियुक्त हुने सीईओको कार्यकाल चार वर्षको हुन्छ ।

स्रोतका अनुसार बैंकको सीईओका लागि नेपाल बैंकका पूर्वसीईओसमेत भइसकेका कृष्णबहादुर अधिकारी अब्बल दावेदार छन् । उनलाई सीईओ छनोट समितिले पाँच जनाको सर्ट लिष्टमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ ।

यसैगरी, अर्का दाबेदारको रुपमा राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओ देबेन्द्र रमण खनाल पनि हुन् ।उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले एमबीए पनि गरेका छन् । उनीसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । 

यो पनि पढ्नुहोस :

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता आज,को- को छन् दावेदार ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved