राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न प्रधानमन्त्रीसमक्ष लबिङ, २०६८ ब्यूँताउने प्रयास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 10:39:46 AM मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पद हात पार्न आकांक्षीहरुले आ-आफ्नो पक्षबाट तिब्र रुपमा लबिङ गरिरहेका छन्।

अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि अन्तिम पाँचमा छनौट भएकामध्ये केहि आकांक्षीहरुले लबिङ तिब्र बनाएका हुन् ।

अन्तिम पाँचमा छनौट भएका कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीले सीईओका लागि शक्तिकेन्द्रमा लबिङ गर्दै आएको स्रोतले बताएको छ । 

सीईओको लागि अन्तिम पाँचमा छनौट भएका उम्मेदवारहरुमध्ये अहिले राष्ट्रिय वाणिज्य बैंकको कामू सीईओ देवेन्द्र रमण खनालको लबिङ चाखलाग्दो रहेको बैंक भित्रका उच्चस्तरका कर्मचारी बीच चर्चा छ।

स्थायी घर गोरखा भएको र राजनीतिक हिसाबमा पनि माओवादी निकट भएको भन्दै खनाल यतिखेर माओवादी शिर्ष नेताहरुको दैलोमा धाइरहेका छन् । 

स्रोतकाअनुसार खनालले प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा रहेका पीएमार्फत अर्थमन्त्री बर्षमान पुन समक्ष लबिङ गरिरहेका छन् । अर्थमन्त्री पुनसम्म खबर पुरयाएर आफ्नोबारेमा माहोल बनाउनलाई खनालले प्रधानमन्त्रीका मल्ल थरका पीएलाई परिचालनसमेत छन्। विद्यार्थी राजनीतिबाट आएका मल्लको लाजिम्पाटस्थित अपार्टमेन्टको विषयमा पनि बैंकमा चर्चा हुने गरेको छ। 

खनालले प्रधानमन्त्रीसमक्ष मात्र नभई सीईओ नियुक्ति सिफारिस समितिका सदस्यलाई पनि राम्रैसँग प्रभावित पारेका छन् । सीईओ नियुक्ति सिफारिस समितिमा बैंकका सञ्चालक सदस्य सुशील घिमिरे, लक्ष्मण घिमिरे र नारायण प्रसाद रिजाल संलग्न तीन सदस्य छन् ।

२०६८ ब्युँताउने प्रयास 

 अहिलेसम्म बाहिरी क्षेत्रबाट बैंकको सीईओ नियुक्त हुने गरेकोमा २०६८ सालमा भने बैंक भित्रकै मान्छेबाट सीईओ बनाइएको इतिहास छ। २०६८ सालमा डीजीएम रहेका कृष्ण प्रसाद शर्मालाई त्यो बेलाको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको थियो।

त्यसअगाडी र त्यसयता बैंकमै कार्यरत क्याडरलाई सीईओ नियुक्त गरेको इतिहास छैन। यद्दपि खनाल भने यस पटक कुनै पनि हालतमा २०६८ ब्युँताउने प्रयासमा छन्।

यो पनि पढ्नुहोस:

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता आज,को- को छन् दावेदार ?

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved