नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
कम्पनीले भद्रपुर नगरपालिका ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएकोे हो । सो अवसरमा कम्पनीका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरी सेवा सुचार गरेका छन् ।
कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने पनि बताए ।
यो शाखासमेत गरेर कम्पनीको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु शुरु भएको छ ।
हाल कम्पनीको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेको छ ।