पोखरास्थित लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई विभिन्न सेवामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।
मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरकोतर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिति थियो ।
उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन, सभाहल र पौडिलगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।
साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताकोको प्रमाणको आधारमा पनि यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि रहेका प्राडा भरत पहारीद्वारा सञ्चालित होटल सरोवरले पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्जले युवा तथा सँगितपे्रमीलाई लक्षित गरेर होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आएको छ ।
प्रभु बैंकका हाल नेपालभर ३०२ वटा शाखा कार्यालय, २८५वटा एटीएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर छन् ।