सिटिजन्स बैंकले ग्राहकहरूलाई कारोबारमा सहज बनाउनका निमित्त धेरै किसिमको सेवाहरू अनलाइन प्लेटफर्मबाट दिंदै आएको छ ।
सूचना प्रविधिको बदलिदो स्वरुपसँगसँगै कम्पनीले निरन्तर प्रविधिलाई पछ्याइरहेको छ । जसअनुसार कम्पनीले हाल उपलब्ध गराएको प्रविधियुक्त सेवामध्यको एक हो ‘रियल टाइम फिक्स डिपोजिट खाता’ ।
कम्पनीले ल्याएको उक्त रियल टाइम फिक्स डिपोजिट खाताबाट घरमै बसी–बसी डिपोजिट गर्न सकिने व्यवस्था छ । ग्राहकहरूले स–सानो कामका लागि बैंकमै पुग्नु पर्दैन । कम्पनीका ग्राकहरुले यो खाता बैंकको एपमार्फत नै सजिलै खोल्न सक्नेछन् ।
साथै, ग्राहकले मुद्दती खाता पनि आफ्नो कम्प्युटर, मोबाइल र ल्यापटपबाट घरमै बसेर खोल्न सक्दछन् ।
यो खाता कसरी खोल्ने ?
सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल बैंकिङ एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको ठाउँमा क्लिक गर्नुपर्दछ । त्यहाँ विभिन्न योजनाका प्रकारहरू देखिने छन् । ती योजना मध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना, जम्मा गर्ने अवधि र आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्छ ।
यी सबै काम गरेपछि आफ्नो ईमेल ठेगाना भर्नुपर्छ र प्रोसिडमा क्लिक गर्नुपर्दछ । त्यसपछि उपलब्ध गराएका सबै विवरण ठिक भए वा नभएको बारे आफैँले जाँच गर्नुपर्छ ।
यदि सबै विवरण ठिक भएको खण्डमा बैंकले ग्राहकको सो ईमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउनेछ । त्यसलाई पनि जाँच गर्नुपर्छ । यसरी मुद्दती खाता बनाउँदा र रकम जम्मा गर्दा खातामा आवश्यक रकम भने हुन जरुरी छ।
सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको उक्त कम्पनीले आगामी दिनहरूमा अझ सशक्त ढङ्गबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएको बताएको छ ।
कम्पनीले देशै भरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरु बाट करिब १५ लाख ८० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।