सिटिजन्स बैंक र न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटल बीच समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 05:45:17 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल र बिराटनगर, मोरङस्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । 

कम्पनीले यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको छ । 

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्षमा थप सात वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना रहेको बताएको छ  ।                                                         



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved