राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 12:24:13 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देबेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।

बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको बताएको छ ।उनको कार्यकाल चार वर्षको हुनेछ  ।

बैंकको रिक्त रहेको सीईआपदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्वेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका थिए । उनी आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved