राष्ट्रिय वाणिज्य बैंकका सीईओले लिए पद तथा गोपनियताको शपथ,‘सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि गर्ने’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 12:51:17 PM मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानासँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम उनलाई बैंकको सीईओ पदमा आगामी  चार वर्षका लागि नियुक्ति गरेको  थियो । 

पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गर्ने बतए । 

 चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कायममुकाम प्रमुख कार्यकारी अधिकृत थिए ।। २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनालले व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन्।

कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । 

यसअघि रिक्त रहेको बैंकको सीईओ पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले गत बैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved