फार्म हाउस होटल र प्रभु बैंक बीच विशेष छूट सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 02:04:19 PM मा प्रकाशित

laxmi sunrise bank

मनाङ जिल्लामा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक बीच कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

गत जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार कम्पनीका ग्राहक तथा कर्मचारीहरुले  डेबिट/क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved