सिटिजन्स बैंक र काभ्या हस्पिटल बीच विशेष छूट दिने समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 04:10:25 PM मा प्रकाशित

nepal oil ltd

सिटिजन्स बैंक इन्टरनेशनल र जनकपुरधाम, धनुषाको जनकपुरधामस्थित काभ्या हस्पिटल बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार अब कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्या हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । 

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना रहेको पनि उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved