नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लिएको नीतिगत व्यवस्था कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ ।
केन्द्रीय बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुका नाममा परिपत्र जारी गरेको हो ।समीक्षामार्फत राष्ट्र बैंकले १० वटा नीतिगत व्यवस्था कायम गरेको थियो। सोहीबमोजिम एकीकृत निर्देशन, २०८० मा संशोधन, परिमार्जन र थप गरिएका व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।
परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् भन्ने व्यवस्था लागू गरेको छ ।
यहि व्यवस्था आइतबारदेखि कार्यन्वयनमा आएको छ।यसअघि खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो।
यसैगरी, राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशतमा झारेको छ। त्यस्तै हायर पर्चेज कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारिएको छ । यसले बैंकहरुको कर्जा लगानी गर्न सक्ने क्षमता थप बढाउने अपेक्षा छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिएको छ।
त्यस्तै,ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने छ।
हेर्नुहोस पूर्णपाठ :