कुमारी बैंकको फोनबाट नै ऋण लिन सकिने सुविधा, यस्ता छन् फोन लोनका विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 11:51:42 AM मा प्रकाशित

laxmi sunrise bank

कुमारी बैंकले फोनबाट नै ऋण लिन सकिने सुविधा ल्याएको छ । 

कम्पनीले खस्किएको आर्थिक क्रियाकलापलाई चलायमान गराउने, राष्ट्रिय अभियानमा टेवा पुर्‍याउने उद्धेष्यले क्युआर मर्चेन्ट फोन लोनको विकास एवं प्रवर्द्धन गरेको हो ।

कम्पनीले क्यूआर कोडबाट हुने कारोबारको आधारमा फोनलोन लिन सक्ने सुविधा पहिलादेखि नै सञ्चालन गर्दै आएको थियो, त्यसमा थप नयाँ योजनासहित सन् २०२२ देखि यो प्रोडक्ट सञ्चालनमा आएको हो ।

यो योजना अन्तर्गत ग्राहकहरुले बिनाधितो फोनबाट नै लोन लिन सकिने प्रावधान रहेको बैंकका ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख अर्पण पौडेलले जानकारी दिए ।

“हामीले यो योजनामा ग्राहकहरुलाई विनाझन्झट कुमारी मोबाइल बैंकिङ्ग एपमार्फत् २ लाख रुपैयाँसम्मको कर्जा दिने गरेका छौं,उनले भने, “साथै, यो कर्जा लिंदा धितो केहि पनि राख्नुपर्दैन, बिनाधितो नै कर्जा दिने गरेका छौं ।”

फोन लोनका विशेषताहरु 

यो सेवा लिंदा नियमित कारोबारमा चानचुन पैसाको चटारो तथा काउन्टरमा पैसा राख्नु पर्ने झन्झट कम हुन्छ । साथै, पछिल्लो एक महिनामा ग्राहकले गरेको आफ्नै कारोबारको आधारमा कर्जा लिन सकिन्छ । 

यसरी लिएको कर्जालाई एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ता ईएमआई(सजिलो मासिक किस्ता) गरेर भुक्तानी गर्न सकिन्छ  । नियमित रुपमा क्युआरमा आधारित कारोबार गरिराख्ने तथा लिएको कर्जाको नियमित भुक्तानी पछि पनि पुनः कर्जा उपयोग गर्न सकिन्छ ।

तर, यस कर्जामा योग्य हुनका लागि खातामा चार हप्तासम्म प्रतिहप्ता कम्तिमा २ ओटा क्युआर कोडमा आधारित कारोबार भएको हुनुपर्दछ । साथै, मासिक १० हजार रुपैयाँको कारोबार गरेको हुनुपर्दछ । 

साना तथा मझौला व्यवसायीलाई बढि प्राथमिकता

कम्पनीले यस फोन लोनको मूख्य प्राथमिकतामा घरेलु, साना तथा मझौला उद्यमीहरुलाई राखेको छ । जसले आफुलाई वित्तीय पहुँचबाट टाढा रहेको अनुभुति गर्छन्,उनीहरुलाई नै लक्षित गरेर यो कर्जा ल्याइएको उनले बताए ।

कम्पनीले विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबारहरू डिजिटल माध्यमबाट गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकता परिपूर्ति हुँदा वित्तीय पहुँचमा समेत विस्तार हुने अपेक्षाका साथ कम्पनीले यो सेवा शुरु गरेको हो ।

यिनीहरुलाई औपचारिक वित्तीय संयन्त्रको सहज पहुँच पुगेसँगै समग्र अर्थतन्त्र चलायमान बनाउन केहि मात्रामा भएपनि टेवा पुग्ने विश्वास कम्पनीको छ ।

 कर्जा लिने सहज तरिका 

पौडेलका अनुसार यो कर्जा लिन चाहने सेवाग्राहीहरुले कुमारी बैंकमा आएर अनिवार्य रुपमा बैंकको खाता खोल्नुपर्छ । त्यो खाता खोल्दा बैंकले क्युआर पनि सँगै जोड्दिन्छ र त्यो क्युआर ग्राहकले आफुले व्यवसाय गरेको ठाउँमा राखेर आफुले भुक्तानी लिंदा क्युआरको माध्यमबाट भुक्तानी लिनु पर्छ ।

यसरी लिएको भुक्तानी हप्ताको २ पटक र एक महिनासम्म कम्तिमा पनि १० हजार रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्छ । यति भएपछि सजिलैसँग कुमारी बैंकको मोबाइल एपमार्फत् लोन लिन सकिन्छ । 

अन्य बैंकको फोन लोन र कुमारी बैंकको फोन लोनमा फरक

कुमारी बैंक लगभग देशका सबै स्थानहरुमा पुगेको छ । त्यसैले यसले दिने सेवाहरु पनि देशभर पुग्ने भएकाले सबैले यसलाई उपयोग गर्न पाउँछन् ।

साथै, मोबार्ईल बैंकिङ्गबाट कारोबार गरेर समय आएपछि सीमित कर्जा लिन सकिने र भुक्तानी गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । त्यसैले यो अरु बैंकको फोन लोनभन्दा फरक छ ।  

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कम्पनीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्स्टेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाईमार्फत् ग्राहकलाई सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । कम्पनीले पछिल्लो समय विकास भएका नवप्रवर्तनहरुको उद्धेष्यमा सहयोग गर्न  पनि नयाँ नयाँ प्रोडक्टहरु ल्याइरहेको छ । 

त्यसमा पनि ५ ओटा नयाँ प्रोडक्ट ग्राहकमाझ धेरै लोकप्रिय भएको उनको भनाइ छ । आगामी दिनहरुमा ग्राहकलाई सहज बनाउनको लागि यस्तै नयाँ नयाँ प्रोडक्टहरु ल्याउने योजना रहेको उनले बताए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved