नेपाल बैंक र जलजला बहुमुखी क्याम्पस बीच कर्जासम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2024 | 04:38:51 PM मा प्रकाशित

नेपाल बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पस बीच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशील कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

क्याम्पस प्रमुख खड्का क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आइरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । त्यसैगरी, कम्पनीको तर्फबाट प्रदेश प्रमुख नेपालले क्याम्पसलाई आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिङमार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । 

कार्यक्रममा कम्पनीको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रबन्धक कुलराज घिमिरे, रोल्पा शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उपप्राध्यापक तथा संयोजक श्याम बुढा मगरलगायतको उपस्थिति थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved