तत्कालिन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जनालाई हिरासतमा राख्न अदालतले मानेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2024 | 09:55:30 PM मा प्रकाशित

तत्कालिन सेञ्चुरी बैंकका अध्यक्ष सहित आठ जनालाई हिरासतमा राख्नलाई म्याद थप्न अदालतले अस्विकार गरेको छ। उच्च अदालत पाटनले म्याद थप गर्न अस्विकार गरि जमानीमा छाडनलाई आदेश दिएको हो। 

यसअघिको म्याद मंगलबार सकिएपछि म्याद थपका लागि बुधबार अदालत उपस्थित गराइएकोमा अदालतले म्याद थप्नलाई अस्विकार गरि जमानीमा छाड्नलाई आदेश दिएको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। 

मिलेमतोमा धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरी ठगीको आरोपमा तत्कालीन सेञ्चुरीका अध्यक्ष राजेश श्रेष्ठसहित सुनिलकुमार न्यौपाने, प्रा डा गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेशकुमार दली,उमा कुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र  शिव गोपाल रिसाल पक्राउ परेका हुन्।   

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीकाअनुसार यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ परेका थिए । सोही प्रकरणमा संलग्नता देखिएपछि सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुलाई पक्राउ गरिएको हो।  

तत्कालीन सेञ्चुरी बैंकले कम धितो राखेर देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई  २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको थियो।कमसल धितोमा अधिक कर्जा लगानी गरेको खुलासा भएपछि उक्त मुद्धामा सीआईबीले अनुसन्धान गरिरहेको छ।

सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी भएको प्रहरीकोअनुसन्धानमा खुलेको छ ।

सहकारीको रकम अपचलन गरेको कसुरमा देउराली सहकारीका अध्यक्ष चौलागाईं हाल पुर्पक्षको लागि थुनामा छन्।  उक्त मुद्दामा अहिले प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको बताएको छ। हाल उक्त बैंक प्रभु बैंकमा विलय भइसकेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved