कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 07:21:09 AM मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण बोलाएको हो ।

सभा आगामी असार १९ गते बुधबार वीरगञ्जस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ७१५ बजेदेखि शुरु हुने छ । उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।  सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १ गते एक दिन बुकक्लोज गर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved