हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2024 | 04:50:31 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ । कम्पनीले मंगलबार एक समारोहका बीच सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved