एनआईसी बैंक अन्तरराष्ट्रिय बैंकहरूको पीसीएएफको सदस्यमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 02:00:46 PM मा प्रकाशित

एनआईसी बैंक अन्तरराष्ट्रिय बैंकहरूको पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) को सदस्यमा नियुक्त भएको छ ।कम्पनीले पीसीएएफको सदस्य बन्न पाउँदा गर्व महसुस गरेको बताएको छ ।

कम्पनीले विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा शुरु भएको यसपहलबाट ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित हुने पनि बताएको छ । 

पीसीएफले छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग सदस्यता विस्तार गरिसकेको छ।

विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ अगाडि बढेकाले बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र यसबारे रिपोर्टिङ गर्न तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताएका छन् ।

पीसीएएफ आवद्ध संस्थाहरुले अन्य विभिन्न संस्थाहरूसँग सहकार्य गरेर कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न काम गर्दछन् ।

कम्पनीले  ३६० वटा शाखा कार्यालय, ६७१ वटा एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved