एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस,८०० भन्दा धेरैको उपस्थिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2024 | 01:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले सात वटै प्रदेशमा वर्ल्ड एमएसएमई डे-२०२४ को अवसरमा आफ्ना ग्राहकहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिंदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिबृद्धि गर्न एमएसएमईका ग्राहकहरुलाई उत्प्रेरित गरिएको थियो ।

कार्यक्रमा उपस्थित ग्राहकहरुलाई एकापसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवर्द्धनका लागि बैंकले सहजिकरण  गरेको थियो । कार्यक्रममा ग्राहकहरुको व्यवसायमा आइपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित कतिपय ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएका थिए ।एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उक्त कम्पनीले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आएको छ ।

सो अवसरमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने छनु भन्ने विश्वास लिएको कम्पनीले बताएको छ ।कार्यक्रममा विभिन्न बैंकका ८०० भन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो ।

कम्पनीले विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।उक्त बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफ दि इयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको छ ।

कम्पनीले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । कम्पनीले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved