सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2024 | 07:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक अनिल ज्ञवाली नियुक्त भएका छन् । असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले आजैका मितिदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।

नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव छ ।

फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत छ ।ज्ञवाली यस अघि पनि  बैंकको सञ्चालकमा  थिए ।                                                                                                                


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved