ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, शेयर खरिद गर्ने सर्वसाधारण पनि संस्थापक समूहमा पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2024 | 09:21:59 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले बिक्री गर्ने शेयरमा जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । तर कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण भने खुलाएको छैन ।  

इच्छुक लगानीकर्ताले कम्पनीको काठमाडौस्थित कमलपोखरी मा रहेको केन्द्रीय कार्यालयमा शेयरको परिमाण खुलाएर आवेदन दिनुपर्नेछ। कम्पनीको उक्त शेयरमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीले उक्त शेयर खरिद गर्ने लगानीकर्ता संस्थापक समूहमा पर्ने पनि बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved