ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ ।
उक्त कार्यको लागि सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले “८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१÷९२” जारी गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने बताएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिने कम्पनीले बताएको छ ।
१० वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशतदरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुने पनि कम्पनीले बताएको छ ।