सिटिजन्स बैंकका ग्राहकलाई बुद्ध एयरमा १२% सम्मको छूट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2024 | 01:39:17 PM मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेशनल र बुद्ध एयर प्रालि बीच विशेष छूट दिने समझदारी भएको छ ।

उक्त समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् ।

उक्त छूट सुविधा बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले बताएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।  

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved